images

शुक्रवार, चैत्र १६ गते २०८०

धनुषा जिससमा कांग्रेसको प्यानल निर्विरोध

धनुषा जिससमा कांग्रेसको प्यानल निर्विरोध

images
images
images
बिहिवार, जेठ २६ २०७९
बिहिवार, जेठ २६ २०७९
  • धनुषा जिससमा कांग्रेसको प्यानल निर्विरोध

    धनुषा, २६ जेठ ।
    जिल्ला समन्वय समिति धनुषामा नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ । समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित भएका छन् ।

    images
    images
    images

    बुधबार जिसस प्रमुख, उपप्रमुखसहित सदस्यमा कांग्रेसको मात्र मनोनयन परेको थियो । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जिसस उपप्रमुखमा संगीतादेवी ठाकुर निर्वाचित भएका छन् ।

    त्यस्तै सदस्यहरूमा ईश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापामगर, फगु यादव, महिला सदस्यमा गीतादेवी यादव, विकादेवी मिजार, सोनितादेवी सदा र दलित तथा अल्पसंख्यक सदस्यमा महेन्द्र महतो निर्वाचित भएका छन् । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij