२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

बिहिवार , जेठ २६, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • मुग्लिन, २६ जेठ ।
    वर्षासँगै खसेको पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

    आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको अधिकारीले बताए । पहिरोकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना–४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए । रासस