
बुधवार , जेठ २५, २०७९
भैरहवा, २५ जेठ ।
लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ र लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको आतिथ्यतामा भएको कार्यक्रममा क्लबले ग्रहण गरेको ‘माइ लायन्स भिलेज’ अन्तर्गत सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित गोनहियामा ५० जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । गोनहियामा रहेको श्री विन्दबासिनी मिसिजु आधारभूत विद्यालयमा रहेका विद्यार्थीहरुलाई सोही विद्यालयको पोशाक वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख अधिकारीले समाजसेवा गर्नका लागि धन नभएर मन हुनुपर्ने बताइन् ।
तनु शर्मा कसौधन र शार्दुल मयुर कसौधनको अध्यक्षता, सलिना शर्मा र गणेश न्यौपानेको संयोजकत्व, स्नेहलता राउत थापाको ध्वजा अभिवादन तथा निपा क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा महेशचन्द्र थापा, विजय पाण्डे, बिनोद खरेल, अभिनव मयुर कसौधन, शार्दुल मयूर कसौधन लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij