२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

बुटवल उपमहानगरपालिकाको पहिलो कार्यपालिका बैठकद्वारा विषयगत समितिहरु गठन

बुधवार , जेठ २५, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • बुटवल । बुटवल उपमहानगरपालिकाको पहिलो कार्यपालिका बैठकले विषयगत समितिहरु गठन गरेको छ ।

    बुधबार बसेको कार्यपालिकाको बैठकले सार्वजनिक सेवा तथा क्षमता प्रवद्र्धन, आर्थिक, सामाजिक विकास, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, विधेयक, राजश्व परामर्श र नापजाँच समिति गठन गर्ने निर्णय गरेको नगरप्रमुख खेलराज पाण्डेले जानकारी दिए ।

    सार्वजनिक सेवा तथा क्षमता प्रवर्द्धन समितिको संयोजकमा पदम गाहा, आर्थिक समितिको संयोजकमा डिल्ली शर्मा आचार्य, सामाजिक विकास समितिको संयोजकमा प्रदीप श्रेष्ठ, पूर्वाधार विकास समितिको संयोजकमा नारायण प्रसाद पुन रहेका छन् ।

    यस्तै, वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा रामचन्द्र क्षेत्री, विधेयक समितिको संयोजकमा नरेन्द्र बस्नेत, राजश्व परामर्श समितिमा नरिश्वर पौडेल र वसन्ती बिक, जाँचपास तथा फरफारक समितिको संयोजकमा हरि श्रेष्ठ रहने निर्णय भएको छ ।

    बैठकले असार ८ गते पहिलो नगर सभा डाक्ने र वडा भेला असार १ गतेभित्रै गर्ने निर्णय गरेको प्रमुख पाण्डेले बताए । वडा भेलाबाट बजेटको सिलिङ र योजना सिफारिश गर्ने र त्यसैअनुसार बजेट निर्माण हुने नगरप्रमुख पाण्डेले बताए । बैठकले नगरप्रमुखको चुनाबी प्रतिबद्धताअनुसार बुटवल ११ मा वीपी पुष्पलाल पार्क निर्माण गर्ने निर्णय गरेको छ । 
    यस्तै, बुटवल ज्योतिनगर क्षेत्रको पहिरो नियन्त्रण र जोखिम न्यूनीकरणका लागि काम शुरु भएको उनले बताए ।