२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

रुपन्देही बस दुर्घटना अपडेट : एकजनाको अझै सनाखत हुन सकेन

सोमवार , जेठ २३, २०७९

भैरहवा, २३ जेठ । 
आइतबार बिहान रुपन्देहीको रोहिणी खोलामा भएको रात्रिकालिन यात्रुबाहक बस दुर्घटनामा परी मृत्य भएकामध्ये एकजनाको अहिलेसम्म सनाखत हुन सकेको छैन । 

दुर्घटनामा परी मृत्यु भएका ९ जनामध्ये ८ जनाको आइतबार साँझसम्म सनाखत भए पनि एक जनाको भने अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

सनाखत हुन नसकेकोमा अन्दाजी ३०/३५ वर्षका पुरुष रहेको प्रहरीले जनाएको छ । ३३ जना सवार बस भैरहवा नवलपरासी सडकखण्डको रोहिणीमा दुर्घटनामा परेको थियो । 

दुर्घटनामा परी मृत्यु भई पहिचान खुलेको ८ जनामा रुपन्देही, रौतहट र भारतका विभिन्न स्थानका व्यक्ति रहेको रुपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले जानकारी दिए ।  

दुर्घटनामा परी घाइते भएका २४ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।