
आइतवार , जेठ २२, २०७९
रूपन्देही । रुपन्देहीको रोहिणी पुलमा भएको यात्रुबाहक बस दुर्घटनामा परि मृत्यु भएका नौ जनामध्ये पाँचजनाको पहिचान खुलेको छ।
जनकपुरबाट भैरहवा तर्फ आउदै गर्दा भैरहवा परासी सडक खण्डको रोहिणी पुलमा बस दुर्घटनामा परेको थियो।
दुर्घटनामा मृत्यु भएका ९ जना मध्ये सनाखत पहिचान खुलेकोमा रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल १३, कालिकानगरका कृष्णप्रसाद बस्याल, तिलोत्तमा वडा नम्बर ८ चार नम्बरकी ३७ बर्षिय तुलसी बस्याल, रौतहट जिल्लाका २० वर्षीया दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको अस्पताल प्रशासनले जनाएको छ।
पहिचान खुलेका पाचजना मध्ये तीन जनाको भैरहवास्थित तीन जनाको भीम अस्पतालमा र युनिभर्सल मेडिकल कलेजमा दुई जनाको सनाखत भएको छ।
जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान साढ ४ बजे भैरहवा–परासी सडकखण्ड अन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित रोहिणी पुलबाट नदीमा खसेको थियो । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए ।
दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए।
९ जना मध्ये चार जना भीम अस्पताल र ५ जना युनिभर्सल कलेजमा मृत्यु भएको थियो । भीम अस्पतालमा उपचारका लागि ल्याउदै गर्दा चार जनाको मृत्यु भएको थियो भने अन्य पाच जनाको युसिएमएसमा उपचारका क्रममा मृत्यु भएको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij