२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

पूर्व कर्मचारी कल्याण समूह रुपन्देहीमा अर्याल

शनिवार , जेठ २१, २०७९

भैरहवा, २१ जेठ ।
पूर्व कर्मचारी कल्याण समूह रुपन्देहीको नवांै साधारणसभा तथा पाँचौं अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले आगामी ३ वर्षे कार्यकाल लागि पुनः हरिप्रसाद अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत निर्वाचित गरेको छ । जसको प्रथम उपाध्यक्षमा जीवनाथ अर्याल, द्वितीय उपाध्यक्षमा अरुण कुमार कर्ण, महासचिवमा लक्ष्मण पौडेल, सचिवमा भाग्यमान महर्जन, कोषाध्यक्षमा वेचन प्रसाद गुप्ता र सह–कोषाध्यक्षमा लुन्जलाल शाक्य रहेका छन् ।

त्यसै गरी सदस्यहरुमा तिलकराम ज्ञवाली, मुकुन्द प्रसाद पराजुली, नारद सिंह चौधरी, ऋषिराम पाण्डे र यमुना श्रेष्ठ चयन हुनुभएको निर्वाचन अधिकृत राम बहादुर श्रेष्ठले बताए ।

समूहका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षता तथा सचिव लक्ष्मण पौडेलको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख अतिथि रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले सभाको उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै सहायक प्रजिअ पाण्डेले समूहलाई सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले रुपन्देहीमा पूर्व कर्मचारीहरुको एकता र लगनशिलताप्रति खुसी व्यक्त गरे । 

कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख रविन्द्र रेग्मी, समूहका निवर्तमान अध्यक्ष तिलकराम ज्ञवाली, पूर्व अध्यक्ष तथा सल्लाहकार विजय गोविन्द श्रेष्ठ, निजामति कर्मचारी टे«ड युनियन रुपन्देहीका अध्यक्ष हरि प्रसाद खनाल, नेपाल कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डे, राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रुपन्देहीका अध्यक्ष शालिकराम पाण्डे, समूहका आजीवन सदस्य जीवनाथ अर्याल लगायतले बोलेका थिए ।   कार्यक्रममा समूहका महासचिव अरुण कुमार कर्णले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष वेचन प्रसाद गुप्ताले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पत्रकारिताको क्षेत्रमा लामो समयदेखि यस क्षेत्रमा क्रियाशिल भएको भन्दै पत्रकार तथा रुपन्देही एफ.एम.का स्टेशन म्यानेजर शंकर प्रसाद पाण्डेलाई दोसल्ला तथा प्रशंसापत्रले सम्मान गरिएको थियो । 

सोही अवसरमा समूहका जेष्ठ सदस्य यादव बहादुर केसी, टेक बहादुर पौडेल तथा भवन निर्माणमा सहयोग पुर्याउने उद्योगी व्यसायी नारायण प्रसाद अग्रवाल, राजेश अग्रवाललाई पनि सम्मान गरिएको थियो । 

समूहका संस्थापक अध्यक्ष यज्ञमुर्ती कोइरालाको नेतृत्वमा २०६४ सालमा २३ जना सदस्यबाट सुरु भएको संस्थामा हाल २८७ जना आजिवन सदस्यहरु छन् । सिद्धार्थनगर–५ स्थित आफ्नै दुईतले भवनमा कार्यालय सञ्चालन भइरहेको अध्यक्ष अर्यालले बताए ।