बिहिवार , जेठ १९, २०७९
नेपालगन्ज । राष्ट्रवादी युवाले राखेको राजा विरेन्द्रको शालिक हटाउने क्रममा झडप हुंदा प्रहरीले हवाई फायर गरेको छ ।
विरेन्द्रचोकमा राष्ट्रवादी युवाले राखेको शालिकलाई प्रहरीले केहीबेरमै हटाएपछि झडप भएको थियो ।
युवाले ढुंगाले हान्दा चार जना प्रहरी घाइते भएपछि प्रहरीले भीडलाई तितरवितर गर्न सात राउन्ड हवाई फायर गरेको हो ।
केही समय अघि पनि त्यहां राष्ट्रवादी युवाले शालिक राखेका थिए । प्रहरीले राती नै हटाइ दिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij