२०८२, चैत्र २९ गते

Apr 12 2026 | २०८२, चैत्र २९ गते

प्रेस चौतारी रुपन्देहीमा सल्लाहकार मनोनयन

बुधवार , जेठ १८, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • बुटवल, १८ जेठ ।

    प्रेस चौतारी नेपाल रुपन्देहीको दोस्रो पूर्ण बैठक बुधबार बुटवलमा सम्पन्न भएको छ । संगठनका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा बसेको बैठकले ७ सदस्यीय सल्लाहकार मनोनयन गरेको छ ।

    बैठकले संगठनका पुर्व अध्यक्षहरु शेरबहादुर केसी, भरत केसी, दिनेश पाण्डेका साथै बसन्तराज खनाल, कुलमणि ज्ञवाली, इन्दिरा अर्याल र कृष्ण मल्ललाई सल्लाहकार चयन गरेको हो ।

    प्रेस चौतारीको सचिवालय बैठकले चयन गरेका सल्लाहकार सदस्यहरुको नामावलीलाई कार्यसमिति बैठकले अनुमोदन गरेको हो । बैठकमा स्थानीय तह निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउन संगठनले खेलेको भूमिकाका विषयमा समीक्षा भएको थियो ।

    बैठकमा अध्यक्ष लक्ष्मण पौडेल, उपाध्यक्ष भगवती पाण्डे, सचिव केशव भण्डारी, सह–सचिव रबिन्द्र प्रताप गुप्ता, दीपक न्यौपाने, सदस्यहरु टीका खरेल, दिनेश घिमिरे लगायतले प्रेस चौतारीले स्थानीय तह निर्वाचनमा सक्रियतापूर्वक प्रभावकारी भूमिका खेलेको बताएका थिए ।

    बैठकले छिट्टै नै नेकपा (एमाले) बाट विजयी भएका पालिकाका प्रमुख तथा उपप्रमुखसँग अन्तरसंवाद कार्यक्रम गर्ने निर्णय गर्दै यसको जिम्मेवारी सचिवालयलाई दिएको छ ।

    बैठकमा विशेष अतिथिको रुपमा सहभागि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा प्रेस चौतारीका नेता डा. महेन्द्र विष्टले स्थानीय तहको निर्वाचनमा प्रेस चौतारीले देशभरी नै प्रभावकारी भूमिका खेलेको भन्दै चुनावमा पार्टी पराजित हुनुको कारणबारे आत्मसमीक्षा गर्दै आगामी निर्वाचनको तयारीमा जुट्नुपर्ने सुझाव दिए । प्रेस चौतारीले सधै पार्टी पंक्तिका कमीकमजोरीहरुमा आलोचनात्मक सुझाव दिदै आएको स्मरण गर्दै उनले यसलाई निरन्तर कायम राख्न आग्रह गरे ।

    एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं प्रेस चौतारीका लुम्बिनी प्रदेश इञ्चार्ज मोहन चापागाईंले निर्वाचनमा पार्टी संगठन परिचालनमा भएको केही कमीकमजोरीले रुपन्देहीमा पराजय भोग्नुपरेको र देशभरी नै यही समस्या रहेको आफूले पाएको भन्दै अब सांगठनिक कमीकमजोरी सुधार गर्दै आगामी चुनावको तयारीमा जुट्नुपर्ने बताए ।

    प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्यले रुपन्देहीका पालिकाहरुमा प्रेस चौतारी रुपन्देहीले स्थानीय चुनावमा खेलेको सक्रिय भूमिकाको प्रशंसा गर्दै धन्यवाद दिए ।

    बैठकमा संगठनका केन्द्रीय सदस्य अमृत गिरी, पुर्व केन्द्रीय सचिव भरत केसी, पूर्व जिल्ला अध्यक्षहरु शेरबहादुर केसी, दिनेश पाण्डेल गायतले विभिन्न सुझावहरु दिएका थिए । बैठकले प्रगतिशिल पत्रकार संघबाट प्रेस चौतारीमा आवद्ध भएका हरिलाल बस्याललाई जिल्ला कमिटीमा मनोनयन गर्ने निर्णय गर्नुका साथै चुनावमा खटिएका प्रेस चौतारीका सबै सदस्यहरुलाई धन्यवाद दिएको छ ।