२०८२, चैत्र २९ गते

Apr 12 2026 | २०८२, चैत्र २९ गते

जलश्रोत तथा बिद्युत सम्बन्धी ऐन बन्न सकेन : उर्जा मन्त्री राना 

मंगलवार , जेठ १७, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, १७ जेठ । लुम्बिनी प्रदेशका उर्जा जलश्रोत तथा सिचाई मन्त्री बिरबहादुर रानाले जलश्रोत तथा बिद्युत सम्बन्धी ऐन बन्न नसक्दा मुलुकलाई दिगो आर्थिक बिकासको बाटोमा लैजान नसकिएको बताएका छन् ।

    भैरहवामा अमेरिकी दुतावासको सहयोगमा नेपाल हम्फ्रे फेलो एशोसिएसन (एनएचएफ) ले आयोजना गरेको दिगो आर्थिक बिकासमा हाईड्रोपावरको भुमिका बिषयक कार्यक्रममा बोल्दै बिद्युत सम्बन्धी ऐन राष्ट्रिय सभामा अल्झीएको बताउदै मन्त्री रानाले ऐन निर्माणको अल्झनले बिद्युत उत्पादनमा कठिनाई भईरहेको बताए ।

    प्रदेश स्तरीय बिद्युत ऐन सम्बन्धी ड्राफ्ट निर्माणको काम अन्तीम चरणमा पुगेको बताउदै मन्त्री रानाले यहि अधिबेशन भित्रै ड्राफ्टलाई प्रस्तावको रुपमा लैजाने तयारी भईरहेको बताए ।

    उनले राजनीतिक पद्धति परिवर्तनमा व्यापक छलाङ मारेपनि प्रवृति परिवर्तनमा छलाङ मार्न नसकिएको बताए ।

    मन्त्री रानाले मुलुकलाई आर्थिक रुपमा सवल र सक्षम बनाउनका लागि हाईड्रोमा लगानि बढाउनु पर्नेमा जोड दिए ।

    कार्यक्रममा उर्जा जलश्रोत तथा सिचाई मन्त्रालयका उर्जा महाशाखा प्रमुख महेश पोखरेलले लुम्बिनी प्रदेशमा ३ सय मेगावट बिद्युत आबश्यक रहेकोमा १५०÷६० मेगावट मात्र सप्लाई भएको बताए ।

    नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडका ईलेक्ट्रिकल इन्जिनियर गिरी श्रीस मगरले नेपाल भन्दा पछाडि हाईड्रोबाट बिद्युत निकाल्न शुरु गरेका मुलुकहरुले प्रयाप्त मात्रामा बिद्युत निकाल्न सफल भएको बताए ।

    उनले नेपालमा चरम राजनीति र सरकारी लाचारी पनका कारण बिद्युत उत्पादनमा पछाडि परिएको बताए ।

    सो अबसरमा एनएचएफका प्रोग्राम लिड डा. मीन बहादुर पौड्याल क्षेत्रीको स्वागत तथा कोषाध्यक्ष फणिन्द्र प्रसाद दाहालको धन्यवाद ज्ञापनमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक दिपिका गिरीले सहभागि तथा स्रोत व्यक्तिहरुको परिचय गराएकी थिइन् ।