२०८२, चैत्र २९ गते

Apr 12 2026 | २०८२, चैत्र २९ गते

भैरहवामा चौथो राष्ट्रिय महिला अधिकार दिवस मनाइयो 

मंगलवार , जेठ १७, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, १७ जेठ ।
    ‘महिलाको सम्मान सभ्य समाजको पहिचान’ भन्ने नारासहित सोमबार चौथो राष्ट्रिय महिला अधिकार दिवस भैरहवामा मनाइएको छ ।

    सिद्धार्थनगर नगरपालिकाको आयोजनामा महिला जनप्रतिनिधि, समूह, समिति, संस्थाका पदाधिकारी तथा महिला कर्मचारीहरुबीच अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाइएको हो ।

    नगर उपप्रमुख उमा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कानून व्यवसायी अधिवक्ता यमुना केसी र रीता खनालले महिला अधिकार र कानूनी अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतनशील लम्साल लगायतले बोलेका थिए । महिला शाखा प्रमुख कौशिल्या चौधरीको स्वागत मन्तव्य तथा नगर शिक्षा शाखा अधिकृत जानह्वी पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।