२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

दयाराम हेल्प फाउण्डेशनको आयोजनामा निःशुल्क आँखा शिविर

आइतवार , जेठ १५, २०७९

भैरहवा, १५ जेठ ।
दयाराम हेल्प फाउण्डेशन लुम्बिनीले आयोजना गरेको वृहत निःशुल्क आँखा शिविरबाट ७ जय जना बढी बिरामी लाभान्वित भएका छन् । फाउण्डेशनले शुक्रबार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १ स्थित खुनगाईमा आयोजना गरेको एकदिने शिविरमा ७ सय जना बढी स्थानीयको आँखा परीक्षण गरिएको थियो ।

गत माघ १२ गते नै शिविर आयोजना गर्ने कार्यक्रम तय भए पनि कोभिड–१९ को महामारीका कारण सो दिन स्थगित गरिएको फाउण्डेशनकी अध्यक्ष पुनिता यादवले बताइन् । शिविरमा लुम्बिनी रण अम्बिका शाह आँखा अस्पतालका डाक्टर महेश अर्यालको नेतृत्वमा रहेको ६ जनाको टोलीले आँखा परीक्षण गरेको उनले बताइन् । शिविरमा निःशुल्क चश्मा तथा औषधी समेत वितरण गरिएको यादवले जानकारी दिइन् । शिविरको समाजसेवी भेलई बाबा र रमावती यादवले उद्घाटन गरेका थिए । 

sivir (1).jpg

फाउण्डेशनले विगत ५ वर्षदेखि लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । फाउण्डेशनले समाजसेवी स्व. दयाराम यादवको पुण्यतिथिको अवसर पारेर प्रत्येक वर्ष माघ १२ गते शिविरको आयोजना गर्दै आएको छ । शिविरबाट प्रत्येक वर्ष ८ सय बढी व्यक्ति लाभान्वित हुँदै आएको फाउण्डेशनका उपाध्यक्ष शिवकुमार यादवले बताए ।