२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

भलवारीमा डिजल ट्याङकरमा आगलागी, दुई ट्याङकरमा क्षती 

शुक्रवार , जेठ १३, २०७९

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा।

    रुपन्देहीको तिलोत्तमामा रहेको नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा आगलागि भएको छ।

    आयल निगमको डिपोभित्र डिजल लोड गरेर बाहिर निस्कने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको  टयांकरमा आगलागि भएको रुपन्देही प्रहरीले जनाएको छ।

    डिजल र पेट्रोल लोड गरेर बाहिर निस्किएर क्रममा आगलागि हुँदा दुई वटा ट्याङकरमा पुर्ण क्षती पुगेको छ।

    आगोलाई नियन्त्रण गर्ने प्रयास जारी छ। अहिले तिलोत्तमा, बुटवल र भैरहवाबाट गएर दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। आगो नियन्त्रणमा आउन केहि समय लाग्ने जनाईएको छ। अहिले आगो नियन्त्रणको काम भईरहेको छ।