images

शनिवार, बैशाख २२ गते २०८१

तिलोत्तमा र कोटहीमाईका प्रमुखले लिए सपथ

तिलोत्तमा र कोटहीमाईका प्रमुखले लिए सपथ

images
images
images
शुक्रवार, जेठ १३ २०७९
शुक्रवार, जेठ १३ २०७९
  • तिलोत्तमा र कोटहीमाईका प्रमुखले लिए सपथ

    भैरहवा, १३ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित प्रमुख रामकृष्ण खाँण र कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले सपथ लिएका छन् ।

    images
    images
    images

    शुक्रबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय (बालमन्दिर)मा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश धनसिंह महराले खाँण र त्रिपाठीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र)को तर्फबाट गठबन्धनका उम्मेदवार खाँण नेकपा एमालेका मोहन चापागाईलाई पराजित गर्दै तिलोत्तमाको प्रमुखमा विजयी भएका हुन् । 

    त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का उम्मेदवार बालकृष्ण त्रिपाठी नेपाल जनता पार्टीका अशोक कुमार कलवारलाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

    कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत महराले सबैको महत्वपूर्ण भूमिकाका कारण रुपन्देहीमा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको बताए । उनले सपथग्रहणको मर्म, मर्यादा अनुसार पालिका प्रमुख, अध्यक्षहरुले भूमिका निर्वाह गर्नुहुनेछ भन्ने आफूहरुले विश्वास गरेको बताए । उनले भने, ‘जनताको चाहना अनुसार काम गर्ने अठोट लिएर आफ्नो कार्यकाललाई ऐतिहासिक बनाउनुहुनेछ भन्ने आशा लिएको छु ।’

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले पालिका प्रमुखहरुको सपथग्रहण समारोहसँगै एक चरणको निर्वाचनको कार्यक्रम सम्पन्न भएको बताए । उनले गाउँ/नगर कार्यपालिकाको सदस्य र जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न हुन गइरहेको बताए । उनले सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, निर्वाचन अधिकृत, राजनीतिक दल, सञ्चारकर्मीको सहयोगले रुपन्देहीमा शान्तिपूर्ण तरिकाले भयरहित र निष्पक्ष निर्वाचन सम्पन्न भएको बताए ।

    तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने अभियानमा लाग्ने बताए । उनले शिक्षा, स्वास्थ्यको विकासका लागि ध्यान दिने बताए । उनले भने, ‘खानेपानी, रोजगारी, महिलालाई आत्मनिर्भर बनाउन लागिपर्नेछौं । ’तिलोत्तमामा राजमार्गको सडक निर्माण भए पनि भित्री सडक सुधार हुन नसकेकाले सडक सुधारका लागि नगरपालिका, प्रदेश र संघीय सरकारको बजेटबाट काम अगाडी बढाउने बताए । कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले गाउँपालिकाको विकासमा लागिपर्ने बताए ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीका सहायक निर्वाचन अधिकृत गोविन्द प्रसाद कोइरालाको स्वागत तथा जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij