२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

तिलोत्तमासहित चार पालिकाको मतपरिणाम आउन बाँकी

बिहिवार , जेठ १२, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, १२ जेठ ।
    स्थानीय तह निर्वाचनअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । 
    गत वैशाख ३० गते भएको निर्वाचनको मतगणनाबाट ७५३ पालिकामध्ये ४६० गाउँपालिका र २८९ नगरपालिका गरी ७४९ पालिकाको अन्तिम मतपरिणाम निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भइसकेको छ । 

    आज दिउँसो १ बजेसम्मको विवरणमा मतगणना जारी रहेकामध्ये अन्तिमपरिणाम आउन बाँकी पालिकामा वाग्मती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिका र लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेको छ । सुदूरपश्चिमको बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको मतदानबारे विवाद भएकाले पुनः मतदान या वैशाख ३० गतेको मतदानका आधारमा गणना भन्ने बारेमा आयोगले चाँडै निर्णय गर्ने जनाइएको छ । रासस