images

शनिवार, बैशाख ८ गते २०८१

सम्मरीमाई–७ : वडा सचिव भएर काम गरेका व्यक्ति सोही वडाको अध्यक्ष

सम्मरीमाई–७ : वडा सचिव भएर काम गरेका व्यक्ति सोही वडाको अध्यक्ष

images
images
images
बिहिवार, जेठ १२ २०७९
बिहिवार, जेठ १२ २०७९
  • सम्मरीमाई–७ : वडा सचिव भएर काम गरेका व्यक्ति सोही वडाको अध्यक्ष

    भैरहवा, १२ जेठ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ मा वडा सचिव भएर काम गरेका व्यक्तिलाई सोही कार्यालयमा वडाअध्यक्ष भएर जिम्मेवारी पूरा गर्ने अवसर प्राप्त भएको छ । सम्मरीमाई–७ मा निर्वाचित वडाअध्यक्ष ५२ वर्षिय राधेश्याम कुर्मी सोही कार्यालयमा वडा सचिव पदमा कार्यरत रहेका थिए । पदबाट राजनीमा दिएर निर्वाचनमा उम्मेदवारी दिएका कुर्मी वडाअध्यक्षमा निर्वाचित भएका हुन् । आफ्नै वडाअध्यक्षलाई पराजित गर्दै कुर्मी वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

    images
    images
    images

    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)बाट विजयी कुर्मीले ६५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार श्रीनारायण यादवले ५१४ मत प्राप्त गरे । २०७४ सालको स्थानीय तह निर्वाचनमा यादव वडाअध्यक्षमा निर्वाचित भएका थिए । तर अहिले त्यही वडा कार्यालयमा सचिव पदमा कार्यरत व्यक्तिले नै आफ्नै वडाअध्यक्षलाई पराजित गरेका छन् ।

    २०५३ जेठ १० गते प्राविधिक सहायको नियुक्ति लिएका कुर्मी २०६५ साल साउन १ गतेदेखि कार्यालय सहायकको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै २०७४ साल कात्तिकदेखि उनले वडा सचिवको जिम्मेवारी सम्हालेका हुन् । सेवा अवधि नपुग्दै वडा सचिव पदबाट राजीनामा दिइ उनी निर्वाचनमा होमिएका थिए । सेवा अवधि अझै पाँच वर्ष बाँकी रहेको उनले बताए । वडाबासीको माग र चाहना अनुसार नै आफूले वडा सचिव पदबाट राजीनामा दिएर वडाअध्यक्षको उम्मेदवारी दिएर निर्वाचित भएको कुर्मीले बताए । उनले भने, ‘म कर्मचारीको रुपमा कार्यरत रहँदारहँदै जनप्रतिनिधिको रुपमा आउनुपर्ने जनताको चाहना र माग भयो, त्यसैलाई मध्यनजर गर्दै जनताको अमूल्य मतबाट निर्वाचित भएको हुँ ।’

    त्यसै गरी ८० वर्षिय श्रीनारायण यादव पंचायतकालमा ५ कार्यकालसम्म तत्कालीन बेतकुइयाँ गाउँ पंचायतका प्रधानपन्च रहेका थिए । उनी २०७४ को स्थानीय तह निर्वाचनमा विजयी भइ वडाअध्यक्षको जिम्मेवारी सम्हालेका थिए । अहिले राधेश्याम वडाअध्यक्ष भएको देख्दा स्थानीय पनि खुसी भएका छन् । जनतालाई सेवा दिने ठाउँमा वडाअध्यक्ष पदमा कुर्मी पुगेको भन्दै वडाबासी खुसी भएको राजन शुक्ला बताउँछन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij