२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

महिन्द्रा एण्ड महिन्द्रको ‘एसपी प्लस सिरिज’ ट्रयाक्टर सार्वजनिक

बुधवार , जेठ ११, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, ११ जेठ । महिन्द्र एण्ड महिन्दा लिमिटेडको एसपी प्लस सिरिज ट्रयाक्टर सार्वजनिक भएको छ । महिन्द्र एण्ड महिन्द्रा कम्पनीको आधिकारीक विक्रेता अम्बु मार्केटिङले भैरहवामा बुधबार एक कार्यक्रमकाबीच एसपी प्लस सिरिजको चार वटा ट्रयाक्टर सार्वजनिक गरेको हो ।

    ‘पावरमा प्लस, माईलेजमा प्लस’ भन्ने नारासहित कम्पनीले ३९ हर्ष पावर क्षमताको २७५ एसपी प्लस, ४२ हर्ष पावर क्षमताको ४१५ एसपी प्लस, ४७ हर्ष पावरको ५७५ एसपी प्लस र ५० हर्ष पावरको ५८५ एसपी प्लस ट्रयाक्टर सार्वजनिक गरेको हो । 

    अम्बु मार्केटिङका प्रबन्ध निर्देशक पर्शुराम पराजुलीले अम्बु मार्केटिङले विगत १८ वर्षदेखि ग्राहकलाई सेवा प्रदान गर्दै आएको बताए । उनले हालसम्म अम्बु मार्केटिङबाट हालसम्म ५ हजार बढी ट्रयाक्टर विक्री भइसकेको र ५० हजार बढी ग्राहकलाई सेवा दिइसकिएको बताए । 

    उनले भने, ‘हालसम्म महिन्द्राको ट्रयाक्टरहरु धेरै विक्री भइरहेका छन् । यो सेगमेन्टको ट्रयाक्टरहरुको राम्रो विशेषताका कारण विक्री अझै बढ्नेमा विश्वस्त छौं ।’

    इन्धन बचत, अधिक पि.टि.ओ.क्षमता, अधिक ब्याकप र म्याक्स टर्क, उच्च ग्राउण्ड क्लियरेन्स, उच्च लिफट क्षमता यो ट्रयाक्टरको मुख्य विशेषता रहेको पराजुलीले बताए । ५८५ एसपी प्लस ट्रयाक्टरको १७ लाख ८० हजार सुरुवाती मूल्य रहेको छ ।

    ५८५ एसपी प्लस ट्रयाक्टर साथै बुधबार सार्वजनिक भएको ४ वटै ट्रयाक्टरको खरिदमा ३० हजारसम्मको उपहारको व्यवस्था रहेको साथै सबैमा ६ वर्षको वारेन्टी रहेको छ । 

    कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले ट्रयाक्टर विक्री मात्र नभइ विक्रीपछिको सेवा सुविधाबारे ध्यान दिन सके मात्र कम्पनी सफल हुन सक्ने बताए । उनले भने, ‘कुनै पनि कम्पनीको वर्कशप राम्रो छैन भनेर केवल विक्री गरेर मात्र सफल हुन सक्दैन ।’ महिन्द्रा एण्ड महिन्द्राले राम्रो बजार पाएको उनको भनाइ थियो ।

    ishteyaq.jpg

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष राजनजंग राणा, बैंकर्स क्लब भैरहवाका अध्यक्ष खिम बहादुर कार्की, महिन्द्रा एण्ड महिन्द्राका नेपालका म्यानेजर हरजित सिंह, विश्व हिन्दु युवा संघ रुपन्देहीका अध्यक्ष शिव मल्ल लगायतले बोल्दै ट्रयाक्टर व्यवसायी, किसान र अम्बु मार्केटिङबीच नङ र मासुको सम्बन्ध रहेको बताए । अम्बु मार्केटिङ्गका प्रबन्धक सुर्दशन थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।