images

शुक्रवार, चैत्र १६ गते २०८०

खोया सरकार !

खोया सरकार !

images
images
images
बुधवार, जेठ ११ २०७९
बुधवार, जेठ ११ २०७९
  • खोया सरकार !

    नेपाली राजनीति ‘ खोया ’ भएको छ यहाँहरुलाई अचम्म लाग्ला यो खायो भनेको के हो ? यसको सन्दर्भ चाँही ठ्याक्कै सरकारसँग गएर ठोकिन्छ, यो गठबन्धन सरकारले सबै काम गठबन्धनकारी नै गरेको छ – निर्वाचन देखि अन्त्यसम्म । यो घोगे सरकारलाई जनताको चिन्ता भन्दा पनि जनताको चिताको ज्यादै चिन्ता छ । विदेशी मुद्रा संचितिमा कमी आयो भनेर दुई दिन छुट्टी घोषणा गर्छ , क्या मज्जा !! वा मज्जा शनिबार र आइतबार ...।

    images
    images
    images

    अस्ति विहानै बुद्धचोकतिर मनिङवाकमा गएको एक जना शिक्षकसँग भेट भयो सोधिहाले “ हैन ! यो सरकारले के गर्न खोजेको हो ? दुईदिन छुट्टी ” कसरी वर्षभरीको कोर्ष पुरा गर्ने ? मलाई हाँस उठ्यो, उनको कुतर्कले गर्दा । पेट्रोलियम पदार्थको खपत कम गर्न सरकारले २ दिन छुट्टी घोषणा गरेको थाहा पाएर पनि यही खोया सरकारलाई दोष दिन्छन् । “यो दुई दिन छुट्टी दिएको कारण चाँही अर्कै छ ?” मैले उनलाई भने । उनले जिज्ञासा राख्तै भने , “के कारण होला ?”

    मैले उनलाई सविस्तार भने, “ हेर्नुहोस् हाम्रो देशको खोया सरकार छ – विप्रेषणबाट सरकार चलिरहेको छ । विदेशी मुलुकमा गएर दश नङरा ख्याएर कमाएको पैसाले ‘ प्राडो’ ‘ पजेरो ’ चढ्नुपरेको छ । ठूला ठूला विमानस्थलहरु बनाउनु परेको छ । भएन भनेर सरकारी नयाँ नयाँ भवन बनाउनु छ, कर्मचारकिो तलब बढाउन छ, वृद्धभत्ताको उमेर घट्याउनु छ – यी सारा खर्चहरु उठाउन दुई दिन छुट्टी गर्नु परेको हो ।”

    “यत्ति कै लागि दुई दिन छुट्टी ? यत्रो रकम छुट्टीले नै असुल गर्छ र ? ” उनले ठूलो जिज्ञासा राखे ।

    “हैन हैन यो मात्र हाइन !”

    “अरु के हो त ?” उनको प्रश्न ।

    “दुई दिन छुट्टिको पछाडी सरकारको २० वर्षे लामो योजना छ । यो सरकारी योजना पुरा भयो भने अरबौ रुपौयाँ देश भित्र भित्रिन्छ । सरकारले विभिन्न योजनाहरु ल्याउँछ – त्यसमा किसान मार योजनाले प्रमुख प्राथमिकता पाउने छ । सबै युवाहरुलाई खाडी र द.पू. एशियन देशहरुमा गएपछि पहाड नाङ्गो र तराई उदाङ्गो – हिमाल चिल्लो हुनेछ । ”
    “हैन विश वर्षे योजना के हो त ?”

    “हेर्नुहोस् ऐले जनसङ्ख्या वृद्धिदर हाम्रो देशमा पनि घटीरहेको छ, पूर्ववर्ती सरकारले   जनसङ्ख्या नियन्त्रणमा जोड दिएकै कारण विदेशी मुद्रा संचितिमा कमी आएको हो अब त्यस्तो कदापी हुने छैन । केही वर्ष दुई दिन विदा दिने हो भने थुप्रै बच्चाहरु जन्मनेछन् । बेबी बुम हुनेछ , कम्तिमा पनि २० वर्षको अवधिमा ति जवान हुनेछन् – हजारौको सङ्ख्यामा विदेशतिर जानेछन् – हाम्रो विदेशी मुद्रा संचिति बढ्ने छ अनि विदेशी ऋण पनि तिरिनेछ । यही कारण हो कि अब हामीले एडिबि होस् वा अन्तर्राष्ट्रिय मुद्रा कोष होस् सँग ऋण लिन एउटा टोली गठन गरेर लामो समयसम्मको लागि ऋण लिनुपर्छ हामी अन्तर्राष्ट्रिय संघ संस्थासँग ऋण लिंदा अरबमा हैन खरबमा माग्नु अत्यन्त उपयुक्त हुन्छ यो दुइ दिने विदाले खोया सरकारको लक्ष्य अवश्य पुग्छ भनेर हिजो मात्र अर्थमन्त्री भन्दै थिए ।

    “ए ! कुरा त्यस्तोे पो रहेछ ! मलाई के थाहा ? ” भन्दै उनी अर्कैतिर लम्किए ।

    आजका दिनसम्म पेट्रोलियम पदार्थको खुद्रा मूल्य १८० रु प्रति लि. छ । सरकारले यसलाई बढाएर प्रति लि. रु ५०० वा ७०० सम्म गरेर दुई दिन छुट्टीमा गाडी कुदाउनेलाई १००० रु प्रति लि. गरे अलिकति पनि समस्या समाधान हुन्छ भनेर गठबन्धे  नेता भन्दै थिए । मलाई त त्यो आइडिया खुब मन पर्यो ।

    आलु, प्याज, खाद्यन्न र पेट्रोलियम पदार्थ आदि किन्दा विदेशी मुद्रामा भुक्तानी गर्नु पर्छ विदेशी मुद्रा छैन भने के किन्ने ? र कहाँबाट ? यसैले पनि सरकारले दुई  दिने विदा २० वर्षे  योजना ल्याएको कुरा धेरैलाई थाहै रहेनछ ।

    हेर्नुहोस् त ग्याँस १ सिलिन्डरको रु १८०० ले बढाएको सडकभर राजनैतिक दलका भातृ संगठनका छतौरे केटाहरु विरोध गरिरहेका छन् , उनका नेताले चढेको करोडौँको गाडी र आलिशान महलतिर तिनका आँखा घोप्टेका छैनन् । त्यतातिर आँखा सोझिने पनि समय आउँदै होला – ग्याँसको भाउ त ३००० प्रति सिलिन्डर गर्नु पर्ने हो किन हो यो हुतिहारा नामर्द सरकार रु १८०० मा रोकिएको हो ।

    ग्याँसको भाउ बढ्यो नि तपाईलाई रतिभर पनि चिन्ता छैन भन्दै एक बुज्रुगले मलाई भने।

    “किन चिन्ता गर्नु ? चिन्ता गर्ने ठाउँमा हामी छैनौ नि ! हामीले त आफ्नै लागि ‘चिता’ निर्माण गर्ने हो । चाहे हिन्दीमा होस् या नेपालीमा । फेरि कुरा अर्को पनि छ नि ग्यास नबाली चिउरा सिउरा खाए भइहाल्यो नि ?

    मेरो कुरा सुनेर ति बुज्रुग टाउको कन्याउँदै बाङ्गीए।  खोया सरकारका आगामि योजनाहरु बारे फेरि चर्चा होला ! आजलाई यति नै ।  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij