२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

शंकरनगर सामुदायिक वनद्वारा महिलालाई स्वरोजगार तालिम

मंगलवार , जेठ १०, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • तिलोत्तमा, १० जेठ ।
    महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यसहित रुपन्देहीको शंकरनगर सामुदायिक वन उपभोक्ता समूह र तिलोत्तमा नगरपालिका वडा नम्बर १ को संयुक्त आयोजनामा महिलाहरुका लागि एकहप्ते जुत्ता चप्पल बनाउने तालिम दिइएको छ । सामुदायिक वन क्षेत्र भित्र रहेका तिलोत्तमा १–४ का ५० जना गृहिणी महिलाहरुलाई प्रदान गरिएको तालिमबाट महिलाहरु आयआर्जन गर्न सक्ने र उद्यमशिलताको समेत विकास हुने भएकाले तालिम फलदायी भएको सहभागिको भनाइ छ ।

    तालिम समापन समारोहमा बोल्दै तालिममा सहभागि प्रशिक्षार्थी र प्रशिक्षकले कम लागतमा जुत्ता चप्पल बनाउने व्यवसाय सञ्चालन गर्न तालिम उपलब्धीमुलक भएको धारणा राखेका थिए ।

    तालिमका प्रशिक्षक प्रतिमा पन्थले सीप सिकेर स्वरोजगार बन्नका लागि महिलाहरुमा दृढ इच्छाशक्ति हुनुपर्ने बताइन् ।
    डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुवेदीले तालिम लिएकामध्ये १० प्रतिशतले मात्र व्यवसायिक रुपमा पेशा अंगालेमा तालिम फलदायी हुने धारणा राखे । उनले सिकेको सीपलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सके महिला आत्मनिर्भर भइ व्यक्तित्व र नेतृत्वको समेत विकास हुने बताए ।

    शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रबिन्द्र बस्नेतले महिलालाई उद्यमशील बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको बताए ।

    तालिम समापन समारोहमा तिलोत्तमा नगरपालिका वडा नम्बर १ का निवर्तमान वडाध्यक्ष तामनाथ पाण्डे, वनकी उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारी, सहभागी दिपा थापा लगायतले सामुदायिक वनले वनको संरक्षणसँगै उपभोक्ताहरुको आयआर्जन बढाउने काम पनि गर्नुपर्नेमा जोड दिए ।