२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सिद्धार्थ उवासंघका प्रतिनिधिले गृह र अर्थमन्त्रीसंग गरे भेट 

सोमवार , जेठ ९, २०७९

भैरहवा। सिद्धार्थ उद्योग बाणिज्य संघको एक प्रतिनिधि मण्डलले गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जर्नादन शर्मासंग भेट गरेको छ।

संघका कार्यबहाक अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सिद्धार्थनगरको समग्र बिकासका लागि आबश्यक वजेट शुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेको छ। 
श्रेष्ठसंगै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्रकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष तथा भिम अस्पताल बिकास समितिका सभापति कुलप्रसाद न्यौपानेले गृहमन्त्री खाण र अर्थमन्त्री शर्मालाई भेटका थिए।

सो अबसरमा उनीहरुले भैरहवामा एकिकृत भन्सार चेकपोष्ट (आईसिपि) निर्माण, बिशेष आर्थिक क्षेत्र (सेज)मा पुर्वाधार बिकास, डण्डा करिडोर, सिद्धार्थ रिङरोड, नगरपालिका भित्र पार्किङको व्यवस्थापन, बेथरी पुल, भैरहवामा स्थायि मण्डप लगाएतका बिषयमा छलफल गरेको संघका कार्यबहाक अध्यक्ष श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार भन्सार र राजश्व नीति नीजि क्षेत्र मैत्रि हुनु पर्नेमा जोड दिदै बैक तथा बित्तिय सस्थामा देखिएको व्याजदरको बिषयमा गंभिर बन्न अर्थमन्त्री शर्मासंग आग्रह गरिएको छ।

साथै भैरहवा स्थित भीम अस्पालको समग्र बिकासका लागि आबश्यक वजेट व्यवस्थापन गर्नका लागि अर्थमन्त्री शर्मालाई आग्रह गरिएको अस्पतालका सभापति कुलप्रसाद न्यौपानेले जानकारी दिए।