२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

पालिकाभित्रका अभिभावकबिहीन बालबालिकाको पठनपाठन खर्च गैडहवाले व्यहाेर्ने

सोमवार , जेठ ९, २०७९

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • भैरहवा, ९ जेठ । रुपन्देहीको गैडहवा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र पौड्यालले सोमबार पदभार ग्रहण गरेका छन् । पौड्यालले शिक्षातर्फ गाउँपालिकाभित्रका अभिभावकबिहीन बालबालिकाको पढाइ-लेखाइ, पोशाक तथा शिक्षासम्बन्धी सम्पूर्ण खर्च पालिकाले व्यहोर्ने टिप्पणी सदर गरेर काम सुरु गरेका छन् ।

    त्यस्तै गैडहवा गाउँपालिकाभित्र भूमि तथा घरपरिवारबिहीनहरुको लागि आवास कार्यक्रम कार्यविधि बनाइ लागू गरिने अध्यक्ष पौड्यालले बताए ।

    त्यसै गरी हाटबजार तथा गाउँपालिकाभित्र फोहोर व्यवस्थापनका लागि कार्यविधि बनाइ व्यवस्थापन गरिने उनले बताए ।
    गैडहवा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) बाट सुरेन्द्र पौड्याल र उपाध्यक्षमा माधुरी जैसवाल विजयी भएका छन् ।