२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्ससँग चरा ठोक्किएको आशंका

सोमवार , जेठ ९, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, ९ जेठ । 
    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाईन्ससँग चरा ठोक्किएको आशंका गरिएको छ । राती नै फिर्ता जानुपर्ने जजिराले अहिलेसम्म उडान गरेको छैन । जजिराको विमान हालसम्म विमानस्थलमै रहेको छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले भने, ‘हवाईजहाजको बाहिरी भागमा रगत देखिन्छ तर रन–वेमा कतै चरा देखिन्न । पाईलटहरुले अवतरणको क्रममा चरासंग ठोक्किएको आशंका गरेका छन् । तर रनवेमा देखिनुपर्ने चरा देखिएन ।’

    १ सय २१ जना यात्रु बोकेर आएको जजिरा एयरलाईन्सका सबै यात्रु सकुशल छन् ।

    काठमाडौंबाट प्राविधिक आएर इञ्जिनको चेकजाँच गरेपछि मात्र जजिराले यहाँबाट उडान भर्न सक्ने प्रवक्ता शाहले जानकारी दिए ।

    जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरिरहेको जजिरा एयरलाइन्सले साताको ३ उडान गरिरहेको छ । सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको जजिराले निकट भविष्यमा दैनिक उडानको तयारी समेत गरेको छ ।