२०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

तिलोत्तमामा नेपाली कांग्रेसका खांणले लिए अग्रता

आइतवार , जेठ ८, २०७९

  • 8.4K
    Shares
  • 8.4K
    Shares
  • रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिका जारी मतगणनामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार रामकृष्ण खांणले अग्रता लिएका छन्। 

    बिहान ९ बजेको मत परिणाम अनुसार खांणले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईलाई ७८ मत अन्तरले पछि मात्रै उनी अगाडि लागेका हुन्। 

    नेपाली कांग्रेसका रामकृष्ण खांणले १०९६६ मत ल्याउदा एमालेका मोहन चापागाईले १०८८८ मत ल्याएका छन्। 

    मत गणनाको सुरुवात देखि नै झिनो मत अन्तरले पछि पर्दै आएका खांण २८ हजार २७१ मत गनि सक्दा उनी अघि लागेका हुन्। 

    उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार जागेश्वरीदेखि चौधरी अग्रस्थानमा रहेकी छन्। तिलोत्तमामा बडा नम्बर १, २, ३, १५, १६, १७ को मतगणना कार्य सम्पन्न भएको छ भने ४, ५, १३ र १४ को गणना भईरहेको छ। 

    गणना सकिएका ६ वडा मध्ये ४ वटा नेपाली कांग्रेसले जितेको छ भने २ वटा एमालेले जितेको छ।