२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

गठबन्धनलाई हराउँदै बुटवलको उपप्रमुखमा एमालेकी अर्याल विजयी

शनिवार , जेठ ७, २०७९

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • रुपन्देही, ७ जेठ ।
    पाँचदलीय गठबन्धनबाट रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डेय विजयी हुँदा उपप्रमुखमा भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार सावित्रादेवी अर्याल विजयी भएकी छन् । एमालेकी केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह–इञ्चार्ज समेत रहेकी अर्यालले गठबन्धनबाट उपप्रमुखमा उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का चिनबहादुर गुरूङलाई पराजित गर्दै विजयी भएकी हुन् ।

    उपप्रमुखमा विजयी अर्यालले २४ हजार ९ सय ४ मत ल्याउँदा गुरूङले १६ हजार ९ सय ८० मत ल्याएका छन् । अर्याल र गुरूङको घर समेत वडा नम्बर ३ ज्योतिनगरमा छ ।

    अर्याल २०४९ सालमा तत्कालीन बुटवल नगरपालिकाको कार्यपालिका सदस्यमा मनोनित भएकी थिइन् भने २०५४ सालमा निर्वाचित वडा सदस्य भएर जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै आएकी थिइन् ।

    २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट नगरप्रमुख र उपप्रमुख दुवै पदमा पुरूष उम्मेदवार बनेपछि एमालेकी गोमादेवी आचार्य झण्डै १० हजार मत अन्तरले निर्वाचित भएकी थिइन् ।

    बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । त्यसै गरी एमालेले वडा नम्बर १०, ११, १४, १८ र १९ जितेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।