२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

सैनामैना नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

शनिवार , जेठ ७, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, ७ जेठ ।
    रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । गठबन्धनबाट उम्मेदवार भएका कांग्रेसका फणेन्द्रप्रसाद शर्मा शर्माले १५ हजार ६ सय ८६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका चित्र बहादुर कार्कीले १५ हजार १ सय ४ मत ल्याएका छन् ।

    २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेका कार्की नगरप्रमुखमा निर्वाचित भएका थिए भने कांग्रेसका शर्मा पराजित भएका थिए ।

    कांग्रेसले मेयरमा जिते पनि उपमेयरमा भने एमालेकै विना राना दोहोरिएकी छन् । रानाले गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का मानबहादुर महतलाई २ हजार ४२ मतान्तरले पराजित गरिन् ।  २०७४ सालमा पनि एमालेबाटै उपमेयरमा निर्वाचित भएकी रानाले यसपटक १५ हजार ७ सय ६२ मत पाउँदा महतले १३ हजार ७ सय २० मत पाए ।