२०८३, बैशाख २४ गते

May 07 2026 | २०८३, बैशाख २४ गते

८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषयमा छानविन गर्न सरकारलाई सभामुख साप्कोटाको निर्देशन 

शुक्रवार , जेठ ६, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • काठमाडौँ। सभामुख अग्नी सापकोटाले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषयमा छानविन गर्न सरकारलाई निर्देशन दिएका छन् ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद गगन थापाले यस बिषयमा छानबिन गर्नुपर्ने बताएपछि सभामुख सापकोटाले छानविन गर्न सरकारलाई निर्देशन दिएका हुन् ।

    बैठकमा सांसद थापाले उक्त घटना गम्भीर भएको बताएका थिए । उक्त घटनामा अभियोग लागेका व्यक्तिलाई तत्कालै अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनले बताए । त्यस्तै उनले कानुन विशेषगरी हदम्याद सम्बन्धि विषयका सन्दर्भमा पुनर्विचार गर्नका लागि सरकारलाई निर्देशन दिनुपर्ने पनि बताए। 

    सांसद थापाले धारणा राखेपछि सभामुख सापकोटाले उक्त बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउदै सिघ्र छानविन गरि सत्यतथ्य पहिचान गर्न र दोषीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिए ।

    बुधवार एक युवतीले सामाजिक सञ्जालमार्फत ८ वर्ष अघि यौन हिंसा भएको खुलासा गरेकी थिईन् ।