२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

मिनीट्रक दुर्घटना हुँदा घाइते भएकाहरुलाई राष्ट्रिय युवा संघले दियो रगत

शुक्रवार , जेठ ६, २०७९

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, ६ जेठ ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगर, रुपन्देहीले रक्तदान गरेको छ । सिद्धार्थनगर नगरपालिका–१० मा नेकपा (एमाले) का उम्मेदवार सुर्जमन अहिर (यादव)को प्यानल निर्वाचित भएपछि विजयीउत्सव मनाउने क्रममा मिनीट्रक दुर्घटना हुँदा घाइते भएकाहरुलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले रक्तदान गरिएको संघका अध्यक्ष कृष्ण मल्ल ठकुरीले बताए । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस)मा पुगेर शुक्रबार बिहान रक्तदान गरिएको उनले बताए । 

    Raktdan (2).jpg

    रगतको अभाव भएको जानकारी पाएपछि राष्ट्रिय युवा संघले १११ युनिट रगत संकलन गरी घाइतेहरुको उपचारका लागि प्रदान गरेको संघका नगर सचिव रोशन बहादुर थापाले बताए । घाइतेहरुसँग भेटघाट गरी शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको थापाले बताए ।

    Raktdan (3).jpg

    आइतबार भएको दुर्घटनामा २६ जना घाइते भएका थिए ।