२०८२, फाल्गुण २६ गते

Mar 10 2026 | २०८२, फाल्गुण २६ गते

सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाललाई शुभकामना ज्ञापन 

शुक्रवार , जेठ ६, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, ६ जेठ । 
    नेपाल चीन मैत्री समाज लुम्बिनीले आफ्ना कार्यसमिति सदस्य छेदीलाल श्रीवास्तव सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ को वडाअध्यक्षमा निर्वाचित भएकोमा शुभकामना ज्ञापन गरेको छ । समाजले शुक्रबार भैरहवामा एक औपचारिक कार्यक्रम गरी शुभकामना ज्ञापन गरेको हो । 

    कार्यक्रममा बोल्ने वक्ताहरुले वडाअध्यक्ष श्रीवास्तवलाई आफ्नो वडामा सुशासन कायम गर्दै जनताको माग र आवश्यकता अनुसारका विकास निर्माण गर्न सुझाव दिएका थिए । 

    समाजका अध्यक्ष नारायणप्रसाद सापकोटाको अध्यक्षता तथा महासचिव मनिष कुमार जोशीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष गोविन्दप्रसाद रेग्मी, कोषाध्यक्ष जनक पन्त, कार्यसमिति सदस्यहरु डा. ऋषिराम शर्मा, खिमबहादुर खत्री लगायतले शुभकामना ज्ञापन गरेका थिए । राप्रपाबाट निर्वाचित वडाअध्यक्ष श्रीवास्तवले आफूले समाजलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।