२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

पाल्हीनन्दनमा माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता विजयी

शुक्रवार , जेठ ६, २०७९

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • परासी, ६ जेठ ।
    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का बैजुप्रसाद गुप्ता दोस्रो पटक निर्वाचित भएका छन् ।

    नेपाली कांग्रेसका राजेन्द्र साहनीलाई हराउँदै गुप्ता गाउँपालिका अध्यक्ष पदमा विजयी हुनुभएको हो । उनले साहनीलाई ८६ मतान्तरले पराजित गरेका हुन् । गुप्ताले ४ हजार ३ सय ८१ तथा साहनीले चार हजार २ सय ९५ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकी फातुमा खातुन अन्सारी विजयी भएकी छन् । माओवादी केन्द्रकी पावित्री कोंहारलाई ५१३ मतान्तरले हराउँदै उनी निर्वाचित भएकी हुन् । अन्सारीले ३ हजार ६ सय ९८ तथा कोंहारले तीन हजार १ सय ८५ मत प्राप्त गरेका छन् । 

    कूल ६ वडा रहेको यस गाउँपालिकामा तीनमा माओवादी केन्द्र, दुईमा कांग्रेस र एउटामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ । कांग्रेस वडा नं १ र ४, माओवादी केन्द्र वडा नं  र ३, ५ र ६ तथा लोसपा वडा नं २ मा विजयी भएको छ । रासस