२०८२, श्रावण २६ गते

Aug 11 2025 | २०८२, श्रावण २६ गते

कावासोती नगरपालिकामा एमाले विजयी

बिहिवार , जेठ ५, २०७९

नवलपुर, ५ जेठ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अन्तिम मतपरिणामअनुसार नगरप्रमुख र उपप्रमुख दुवै पदसहित अधिकांश वडाध्यक्ष एमालेले जितेको हो । कावासोती नगरपालिका प्रमुखमा एमालेका विष्णुप्रसाद भुसाल निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्रप्रसाद पोखरेललाई ३०४ मतले पछि पार्दै कावासोतीको नगरप्रमुखमा भुसाल निर्वाचित भएका छन् । निर्वाचित भुसालले १८ हजार ६०८ मत प्राप्त गर्दा पोखरेलले १८ हजार ३०४ मत मात्रै प्राप्त गरे । 

त्यसै गरी कावासोती नगरपालिका उपप्रमुखमा पनि एमालेकै उम्मेदवार फूलकुमारी थनेत निर्वाचित भएका छन् । नगर उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का पतिराम थनेतलाई पाँच हजार ४६३ मतान्तरले पराजित गर्दै फूलकुमारी उपप्रमुखमा निर्वाचित भएका हुन् । 

एमालेकी उम्मेदवार फूलकुमारीले १९ हजार २४ मत प्राप्त गर्दा माओवादी केन्द्रका पतिरामले १३ हजार ५६१ म्त मात्रै प्राप्त गरिन्  । १७ वटा वडा रहेको कावासोती नगरपालिकामा १२ वटा वडाअध्यक्ष नेकपा एमालेले जितेको छ । त्यस्तै, चार वटा वडाध्यक्ष नेपाली कांग्रेस र एउटा वडाध्यक्ष नेकपा (माओवादी केन्द्र)ले जितेको छ । रासस