२०८२, श्रावण २६ गते

Aug 11 2025 | २०८२, श्रावण २६ गते

कपिलवस्तुको यशोधरामा एमालेका शिवदयाल तिवारी विजयी

बिहिवार , जेठ ५, २०७९

चन्द्रौटा, ५ जेठ ।
कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (एमाले)ले जितेको छ । अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुञ्जादेवी मौर्य विजयी भएका छन् । तिवारीले चार हजार ४६२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अनुपकुमार पाण्डेयले ३ हजार २ सय मत प्राप्त गरे । उपाध्यक्षमा निर्वाचित मौर्यले ४ हजार ४५ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी बिन्द्रावती यादवले ३ हजार २ सय३७ मत प्राप्त गरे ।

यशोधरा गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षसहित तीन वडा जितेको छ । ८ वडा रहेको गाउँपालिकामा कांग्रेसले दुई, जनता समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् ।

त्यस्तै मायादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । अध्यक्षका उम्मेदवार वलिउद्दीन मुसलमानले ५ हजार २ सय ७८ मत प्राप्त गरी चुनाव जिते । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी जसपाका उम्मेदवार बजरंगीप्रसाद कुर्मीले ४ हजार ८ सय ८० मत प्राप्त गरे । 

त्यसैगरी उपाध्यक्षमा कांग्रेसकी सरस्वती यादवले पाँच हजार ३७ मत प्राप्त गरी विजयी भइन् । जसपाका रश्मीसुधा त्रिपाठीले चार हजार ५७८ मत प्राप्त गरिन् । रासस