२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

हिन्दू युवा बाहिनीद्वारा सिद्धार्थनगरका नवनिर्वाचित मेयर खानलाई सम्मान

बिहिवार , जेठ ५, २०७९

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, ५ जेठ ।
    हिन्दू युवा बाहिनी नेपालले सिद्धार्थनगर नगरपालिकाका नवनिर्वाचित प्रमुख (मेयर) इस्तियाक अहमद खानलाई सम्मान गरेको छ ।

    बिहीबार भैरहवास्थित मिलनचोकमा खानलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको हिन्दू युवा बाहिनी सिद्धार्थनगरका अध्यक्ष उमेश अग्रहरीले बताए ।

    सम्मान कार्यक्रममा जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष लक्ष्मण प्रसाद गुप्ता, सिद्धार्थनगरका वरिष्ठ उपाध्यक्ष श्रवण कान्दु लगायतको उपस्थिति रहेको थियो ।