
बिहिवार , जेठ ५, २०७९
नवलपुर, ५ जेठ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा एमालेका भीमलाल अधिकारी निर्वाचित भएका छन् । अधिकारीले १६ हजार २१२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सूर्यबहादुर गुरुङले १४ हजार ६४५ मत प्राप्त गरे ।
उपप्रमुखमा एमालेकै पूर्णकला चौधरी निर्वाचित भएकी छन् । चौधरीले १६ हजार १२२ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिष्पर्धी नेपाली कांग्रेसकी टीककुमारी महतोले १४ हजार ६२४ मत प्राप्त गरिन् । १५ वडा रहेको मध्यविन्दुमा १० वडामा एमाले तथा ५ मा कांग्रेस निर्वाचित भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij