२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा कांग्रेसका खान विजयी

बुधवार , जेठ ४, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, ४ जेठ ।
    २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । मतिपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार संविधानसभा सदस्य इस्तियाक अहमद खान ९ हजार १ सय ३४ मत प्राप्त गरी सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर)मा निर्वाचित भएका छन् । 

    उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार सागर प्रताप राणाले ८ हजार १ सय ३७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताए । त्यस्तै नेकपा (एमाले)का उम्मेदवार डा. रामप्रसाद बस्यालले ७ हजार ३ सय ५ मत प्राप्त गरेका छन् ।

    नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन भइ चुनावी प्रतिष्पर्धामा उत्रिए पनि उपप्रमुखमा भने माओवादी केन्द्रकी उम्मेदवार कमला थापा पराजित भएकी छन् । वडामा भने दुवै पार्टी छुट्टाछुट्टै प्रतिष्पर्धामा उत्रिएका थिए ।