images

शुक्रवार, चैत्र १६ गते २०८०

सिद्धार्थनगरमा मेयर पद गुमाएको एमाले उपमेयर पद जोगाउन सफल

सिद्धार्थनगरमा मेयर पद गुमाएको एमाले उपमेयर पद जोगाउन सफल

images
images
images
बुधवार, जेठ ४ २०७९
बुधवार, जेठ ४ २०७९
  • सिद्धार्थनगरमा मेयर पद गुमाएको एमाले उपमेयर पद जोगाउन सफल

    भैरहवा, ४ जेठ ।
    २०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रमुख उपप्रमुख जितेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले २०७९ साल वैशाख ३० गते सम्पन्न निर्वाचनमा भने मेयर पद गुमाएको छ । गत निर्वाचनमा एमालेबाट हरि प्रसाद अधिकारी नगरप्रमुखमा निर्वाचित भएका थिए । यो निर्वाचनमा भने एमालेबाट मेयरका उम्मेदवार डा. रामप्रसाद बस्याल पराजित भएका छन् । मेयरमा नेपाली कांग्रेसका उम्मेदवार संविधानसभा सदस्य इस्तियाक अहमद खान ९ हजार १ सय ३४ मत प्राप्त गरी निर्वाचित भएका छन् । 

    images
    images
    images

    उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार सागर प्रताप राणाले ८ हजार १ सय ३७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताए । त्यस्तै नेकपा (एमाले)का उम्मेदवार डा. रामप्रसाद बस्यालले ७ हजार ३ सय ५ मत प्राप्त गरेका छन् ।

    उपप्रमुखमा नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनलाई पराजित गर्दै एकल प्रतिष्पर्धामा उत्रिएको नेकपा (एमाले)का उम्मेदवार उमा अधिकारी निर्वाचित भएकी छन् । अधिकारी ८ हजार ८ सय १३ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनकी निकटतम् प्रतिद्वन्द्वी राप्रपाकी उम्मेदवार विनिता गुप्ताले ६ हजार ५ सय ४४ मत प्राप्त गरिन् । त्यस्तै गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार कमला थापाले ४ हजार ५ सय ४२ मत प्राप्त गरिन् । उपप्रमुखमा निर्वाचित अधिकारी एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा सिद्धार्थनगर नगरपालिका सह–इञ्चार्ज हुन् ।

    सिद्धार्थनगरमा एमालेले ४ वटा वडा जितेको छ । एमालेबाट वडा नम्बर ९ मा शेषकान्त भण्डारी, १० मा सुर्जमन यादव, ११ मा दिलिप कुमार यादव र १२ मा कुमार गुरुङ वडाअध्यक्षमा निर्वाचित भएका छन् । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij