
बुधवार , जेठ ४, २०७९
बुटवल ४ जेट। रुपन्देहीको बुटवलमा प्रेसर कुकर बम पड्काउने ३ जना पक्राउ परेका छ्न।
बुटवल वडा न ९ मिलन चोकमा रहेको आकासे पुल तल प्रेसर बम बिस्पोट गराउने नेकपा माओवादी समुहका (बिप्लब) ३ जनालाइ प्रहरीले पक्राउ गरी साववजनिक गरेको छ।
उनीहरुलाइ आज पत्रकार सम्मेलन गरी सार्रुवजनिक गरिएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए ।
बैशाख २८ गते साँझ ८ : १० बजेको समयमा स्थानिय चुनावलाई प्रभावित पार्न बिप्लब समुहले नै योजनाबद्ध रुपमा बिस्पोट गराएको बताईएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक ठग प्रसाद के सिका अनुसार जेठ १ गते बुटवलको नयागाउँबाट नेकपा माओवादीका केन्द्रिय महासचिव बर्ष २७का सुरेश खनाल, केन्द्रिय सदस्य बर्ष ३० का फणिन्द्र गरतौला, गोर्खा जिल्ला इन्चार्ज शुक्र कुमार श्रेष्ठ पक्राउ परेका हुन।
प्रहरीले घटना स्थलबाट मोटरसाइकल ३ वटा, कुकर २ थान, मोबाइल ३ थान, बम बनाउन प्रयोग गरिने केही सामाग्री समेत बरामद गरेको छ। साथै नेपाल बन्द पारौ, चुनावलाई बहिस्कार गरौं जस्ता लेखिएको पम्लेट समेत फेला पारिएको छ।
सो घटनालाई मुलुकी अपराध संहिता २०७४को परिछेद ७ बिस्पोटक पदार्थ सम्बन्धि कसुरमा मुद्दा दायर गरि थप अनुसन्धान अघि बढेको प्रहरी उपरीक्षक रेग्मीले बताए । घटनाबाट मानवीय क्षेति नभएको पाईएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij