२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगर–१० मा एमालेका सुर्जमन यादव विजयी

बुधवार , जेठ ४, २०७९

भैरहवा, ४ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुर्जमन अहिर (यादव) १००१ मतसहित विजयी भएका छन् । यादवका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विजयनाथ धोबीले ७२१ मत प्राप्त गरेका छन् । 

त्यस्तै वडा सदस्यमा एमालेका चन्द्रिका सिंह थापा, कपिलदेव गोसाई, महिला सदस्यमा बीना माया ज्ञवाली र दलित महिला सदस्यमा लक्ष्मी हरिजन निर्वाचित भएका छन् । 

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर–१० को अध्यक्षमा कांग्रेसका विजयनाथ धोबी निर्वाचित भएका थिए ।