images

बुधवार, बैशाख १२ गते २०८१

सिद्धार्थनगर–१० मा माओवादीको वडाअध्यक्षका उम्मेदवारलाई जम्मा १ मत !

सिद्धार्थनगर–१० मा माओवादीको वडाअध्यक्षका उम्मेदवारलाई जम्मा १ मत !

images
images
images
बुधवार, जेठ ४ २०७९
बुधवार, जेठ ४ २०७९
  • सिद्धार्थनगर–१० मा माओवादीको वडाअध्यक्षका उम्मेदवारलाई जम्मा १ मत !

    भैरहवा, ४ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले जम्मा १ मत पाएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका माओवादी केन्द्रका राम चन्दर कोइरीले १ मत पाएका हुन् ।

    images

    सिद्धार्थनगर–१० मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुर्जमन अहिर (यादव) १००१ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयनाथ धोबीले ७२१ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चन्द्रशेषर प्रसाद पाण्डेले ६५ र जनमत पार्टीका इन्द्रकेश लोहारले २१ मत प्राप्त गरेका छन् । 

    २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर–१० को अध्यक्षमा कांग्रेसका विजयनाथ धोबी निर्वाचित भएका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij