२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

सिद्धार्थनगर–९ मा एमालेका शेषकान्त भण्डारी विजयी

बुधवार , जेठ ४, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, ४ जेठ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार शेषकान्त भण्डारी ८९४ मतसहित विजयी भएका छन् ।

    भण्डारीका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार फणिन्द्र पौडेलले ७८९ मत प्राप्त गरेका छन् । 

    त्यसै वडा सदस्यमा एमालेका युवराज बराल, वसन्त प्रसाद भट्टराई, महिला सदस्यमा बसुन्धरा शर्मा र दलित महिला सदस्यमा सविता हरिजन निर्वाचित भएका छन् ।

    भण्डारी २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि वडाअध्यक्षमा निर्वाचित भएका थिए ।