२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सियारीमा कांग्रेसका उम्मेदवार घिमिरेको अग्रता कायमै

मंगलवार , जेठ ३, २०७९

भैरहवा, ३ जेठ । स्थानीय तहको निर्वाचन २०७९ मा सियारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार थानेश्वर घिमिरेले सुरुवातदेखि नै अग्रता कायम गरेका छन् ।

१०६२७ मतगणना हुँदा घिमिरेले ४ हजार २५ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाल कम्युनिष्ट (एमाले)बाट अध्यक्षका उम्मेदवार अयोध्या थारुले ३ हजार ३ सय ५४ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार तारा थारुले ३ हजार ५ सय ९५ मत प्राप्त गरी अग्रता कायम गरेकी छन् । त्यस्तै उपाध्यक्षमा एमालेकी उम्मेदवार अमृता गुरुङले ३ हजार १ सय ९२ मत प्राप्त गरेकी छन् ।