
सोमवार , जेठ २, २०७९
भैरहवा, २ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार पुरन प्रसाद श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २६५ मत पाएर विजयी भएका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार चेत बहादुर क्षेत्रीले २०४ मत ल्याएका छन् ।
त्यस्तै कांग्रेसबाट महिला सदस्यमा सरस्वती श्रेष्ठ, दलित महिला सदस्यमा किरनदेवी सुनार, वडा सदस्यमा प्रेमनारायण तेली र बिनित कुमार वेरीवाल निर्वाचित भएका छन् ।
२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा क्षेत्री एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए भने कांग्रेसबाट श्रेष्ठ पराजित भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij