२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

आठौं टुर द लुम्बिनीका साईक्लिष्टलाई बुटवलमा स्वागत

आइतवार , जेठ १, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • बुटवल, १ जेठ ।
    २५६६ औं बुद्ध जयन्तीको अवसरमा काठमाडौंबाट यात्रा शुरु गरेका साईक्लिष्टहरुलाई बुटवलमा स्वागत गरिएको छ । टुर डे लुम्बिनी शान्ति साइकल यात्राको आठौ संस्करणमा देबेन्द्र बस्नेतको नेतृत्वमा सुनिल ख्याजु, सुनिल तन्डुकार, सागरमान महर्जनको टीम आईतबार बुटवल आइपुगेका छन् । 

    राजमार्ग चौराहामा जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, सदस्य रबिलाल सुवेदी, रेशम रेग्मी, सैनामैना साईकल साथीका अध्यक्ष गगन रानाले साईक्लिष्टहरुलाई खादा ओढाएर स्वागत गरेका हुन् । राष्ट्रियस्तरको शान्ति साईकल यात्राको आठौ संस्करणलाई निरन्तरता दिन यस वर्ष कार्यक्रम गरिएको टुर द लुम्बिनी, पेडल फर पिसका अध्यक्ष मेघ आलेले बताए । कोभिड–१९ संक्रमणका कारण गत वर्ष कार्यक्रम स्थगित भएको उनले बताए।  यो वर्ष काठमाडौसहित रुपन्देही, कपिलवस्तु, नवलपरासीका साईक्लिष्टहरु सहभागी भएर यात्रा गर्न लागेको आलेले बताए । सोमबार बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्तिको कामनासहित दीप प्रज्वलन गर्ने उनले बताए । 

    टुर द लुम्बिनी, पेडल फर पिसका सदस्य किशोर श्रेष्ठले साईकलमार्फत एकताबद्घ गराउने र सामाजिक कार्य गर्ने लक्ष्यका साथ आफूहरु अघि बढेको बताए । पर्यटन प्रवद्र्धनमा समेत यसबाट फाइदा मिल्ने उनको दावी छ । 

    सोमबार बिहान बुटवल वडा नम्बर १ स्थित पद्म चैत्य बिहारबाट लुम्बिनीका लागि साईकल यात्रा शुभारम्भ हुने साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले बताए । यात्रामा रुपन्देहीका ५ वटा क्लब, नवलपरासी र कपिलवस्तुका एक/एक क्लबहरु गरी एक सय बढी साईक्लिष्टहरुको सहभागिता रहने उनले बताए ।