२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

प्रधानमन्त्री देउवा लुम्बिनीमा

आइतवार , जेठ १, २०७९

  • 7.0K
    Shares
  • 7.0K
    Shares
  • भैरहवा, १ जेठ ।
    प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार (आज) बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । उनी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर लुम्बिनी आइपुगेका हुन् ।

    लुम्बिनीमा बुद्ध पूर्णिमाको कार्यक्रमको तयारी र पाहुनाको स्वागतका लागि प्रधानमन्त्री देउवा, पर्यटन तथा संस्कृति मन्त्री प्रेम आलेसहितको टोली लुम्बिनी पुगेको हो ।

    देउवा आज लुम्बिनीमा बस्नेछन् । उनी भोलि बिहान ७ बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न भैरहवा आउने प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले बताए ।