२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

मायादेवी–८ को वडाअध्यक्षमा एमालेका चोक बहादुर मगर विजयी

आइतवार , जेठ १, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, १ जेठ ।
    रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार चोक बहादुर मगर निर्वाचित भएका छन् । मगरले ७४२ मत पाएर विजयी भएका हुन् । मगरका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार विक्रम बहादुर सुनारले ५३५ मत ल्याएका छन् ।

    २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा मगर तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट मायादेवी–८ को वडाअध्यक्षमा निर्वाचित भएका थिए ।