आइतवार , जेठ १, २०७९
भैरहवा, १ जेठ ।
रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का कृष्ण कुमार सिंह निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार मुकेश यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
सिंहले ७६३ र यादवले ७३७ मत ल्याएका छन् ।
वडाअध्यक्षमा पराजित यादव कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति समेत हुन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा मर्चवारी–१ को वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij