
शनिवार , बैशाख ३१, २०७९
भैरहवा, ३१ वैशाख ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ मा जनता समाजवादी पार्टी नेपाल, (जसपा)का उज्जवल पोखरेल निर्वाचित भएका छन् ।
गत स्थानीय तहको निर्वाचनमा पराजित भएका पोखरेल यसपटक भने वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले भने, ‘जनताको मजदूरी गर्दै आइरहेको थिए, जनताले मेरो मजदूरीको ज्याला दिएको छ, अब अझ मिहिनेत गरेर लाग्छु ।’
सिद्धार्थनगर मेयर पदका उम्मेदवार इस्तियाक अहमद खानको वडा सिद्धार्थनगर-१ मा कांग्रेस पराजित भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij