२०८२, कार्तिक १३ गते

Oct 30 2025 | २०८२, कार्तिक १३ गते

गुल्मीको रेसुङगामा कांग्रेसका खिलध्वज पन्थी प्रमुखमा बिजयी 

शनिवार , बैशाख ३१, २०७९

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • गुल्मी। गुल्मीको रेसुङगा नगरपालिकाको प्रमुख (मेयर) मा नेपाली कांग्रेसका खिलध्वज पन्थी विजयी भएका छन्। उनले नेकपा एमालेका रोजेन्द्र पाण्डेयले पराजीत गर्दै  मेयरमा विजयी बिजयी भएका छन्। 

    उनको आधिकारिक रुपमा घोषणा हुन भने बाँकी छ।  

    त्यस्तै उपप्रमुख (उपमेयर) मा पनि कांग्रेसकै अमृतादेवी कुवंर विजयी भएकी छन्। उनले एमालेकी रिता पाण्डेलाई पराजीत गरेकी हुन्। 

    कांग्रेसले रेसुङगा नगरपालिकामा १४ बटा वडा मध्ये १० बटा वडामा प्यानल सहित विजयी हासिल गरेको छ। वडा नम्बर एकमा वडा अध्यक्ष बाहेक बाँकी सबै सदस्य कांग्रेसबाट निर्वाचित भएका छन्।