images

बिहिवार, बैशाख १३ गते २०८१

२५६६ औं बुद्धजयन्तीको तयारी, लुम्बिनीमा सुरक्षा व्यवस्था कडा

२५६६ औं बुद्धजयन्तीको तयारी, लुम्बिनीमा सुरक्षा व्यवस्था कडा

images
images
images
शनिवार, बैशाख ३१ २०७९
शनिवार, बैशाख ३१ २०७९
  • २५६६ औं बुद्धजयन्तीको तयारी, लुम्बिनीमा सुरक्षा व्यवस्था कडा

    भैरहवा, ३१ वैशाख ।
    भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी लुम्बिनीमा आउने भएपछि लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आज भारतका २ ओटा हेलिकप्टरमा भारतीय सुरक्षा फौजसहितको टीमले लुम्बिनीमा आएर हेलिप्याड जाँच गरी फर्किएका छन् । अहिले भारतीय सुरक्षा निकाय र भारतीय पत्रकारहरु लुम्बिनी आइपुगेका छन् । २५६६ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०७९ को अवसरमा मोदी लुम्बिनी आउने कार्यक्रम रहेको छ ।

    images

    पाँच हजार जना अट्ने क्षमताको अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स तथा ध्यान केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले मायादेवी मन्दिरमा पूजाआजा गरिसकेपछि अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हलबाट सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । 

    गृहमन्त्री बालकृष्ण खाँण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, परराष्ट्र मन्त्री बनेका नारायण खड्का भोली लुम्बिनी आइपुग्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ । अहिले लुम्बिनीको मायादेवी परिसर र अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हल सिंगारिएको छ भने भैरहवादेखि लुम्बिनीसम्मको सडक चोक चोकमा स्वागतद्वार निर्माण गरिएको छ । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij