२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

सिद्धार्थनगरमा मेयरमा कांग्रेसका खान दोब्बर मतका साथ अग्रस्थानमा, उपमेयरमा राप्रपाकी गुप्ताको अग्रता 

शनिवार , बैशाख ३१, २०७९

  • 15.0K
    Shares
  • 15.0K
    Shares
  • भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका इस्तियाक अहमद खानले अग्रता कायमै गरेका छन् भने उपमेयरमा राप्रपाकी विनिता गुप्ता अग्रतामा रहेकी छन् ।

    ३११६ मतगणना हुँदा मेयरमा खानले १२१० मत ल्याएका छन् भने उपमेयरमा गुप्ताले ६०८ मत ल्याएकी छिन् । त्यस्तै मेयरमा राप्रपाका सागर प्रताप राणा ६६३ मत सहित दोस्रो स्थानमा छन् भने एमालेका डा. रामप्रसाद बस्याल ३८३ सहित तेस्रो स्थानमा रहेका छन्।

    उपप्रमुखमा भने राप्रपाकी विनिता गुप्ताले अग्रता लिएकी छन्। सुरुवाती चरण तेश्रो स्थानमा रहेही गुप्ता अहिले भने अग्र स्थानमा आएकी छन्। गुप्ताले ६०८ मत सहित पहिलो स्थानमा रहेकी छन् भने दोश्रोमा एमालेकी उमा अधिकारीले ५३२ मत ल्याएर दाश्रो स्थानमा आएकी छन्।

    सुरुमा जसपाकी आस्मा खातुनले अग्रता लिएकोमा उनी अहिले चौथो स्थानमा पुगेकी छन्। तेश्रोमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी कमला थापा ५२७ सहित तेश्रो स्थानमा छन्। खातुनल ४२७ सहित चौथो स्थानमा रहेकी छन्।