images

मंगलवार, बैशाख ११ गते २०८१

धुर्कोटमा वडा अध्यक्षका प्रत्यासी थापामाथी माओवादी कार्यकर्ताद्वारा हातपात

धुर्कोटमा वडा अध्यक्षका प्रत्यासी थापामाथी माओवादी कार्यकर्ताद्वारा हातपात

images
images
images
शनिवार, बैशाख ३१ २०७९
शनिवार, बैशाख ३१ २०७९
  • धुर्कोटमा वडा अध्यक्षका प्रत्यासी थापामाथी माओवादी कार्यकर्ताद्वारा हातपात

    गुल्मी । धुर्कोट ४ जैशिथोकका अध्यक्षका उम्मेदवार गोपाल थापामाथी माओवादी कार्यकर्ताद्वारा हातपात गरिएको छ  । 

    images

    गाउँपालिकाको केन्द्र बर्बोटमा मटपेटिका संकलन गरि गफ गरेर बसिरहेको अवस्थामा उनिहरुले आक्रमण  गरेका हुन । 

    रक्सिको बोटल , हेल्मेट , ढुंगा र फलामका रडले आक्रमण गर्दा वडा नम्बर ४ का वडा अध्यक्षका प्रत्यासी गोपाल थापालाई टाउकोमा गम्भीर चोट लागेको छ ।

    त्यस्तै घाइते हुनेमा निरन्जन कुवँर, सन्जय लगायतका युवा गम्भिर घाइते भएका छन । 

    माओवादीका नेता एबम पालिका अध्यक्षका प्रत्यासी भुपाल पोख्रेलको निर्देशनमा माओवादीका कार्यकर्ताले एक्कासी आएर आक्रमण गरेका थिए । घटनास्थलमा  संगै भएका गणेश भण्डारीका अनुसार उनिहरुले मदिरा सेवन गरि आएर भुपाल पोख्रेलको आडमा मार्ने सम्मको धम्की दिदैँ टाउकोमा र शरिरमा गम्भीर चोट लागेको छ । आक्रमण गर्ने उग्र कार्यकर्ता भुपाल पोख्रेलका निकटम कार्यकर्ता हुन ।

    दिउँसो मात्र गाउँपालिका अध्यक्षका प्रत्यासी महेन्द्र प्रसाद भण्डारीमाथी नयाँगाउँमा माओवादी कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए । 

    घाइतेहरुलाई जिल्ला अस्पताल बाट काठमाडौ रिफर गरिएको छ । मतगणना अन्यौलमा परेको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिनुभयो । कांग्रेसले माओवादी नेता भुपाल पोख्रेलले घटनाको जिम्मा नलिए सम्म गणना गर्न नदिने निर्णय गरेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij